Madhav and LK Advani are similar


NEPAL-ELECTION/

02-LKA

03-LKA

Hi Friends, did you find anything common on the first two photos? And the relation of the first two with the third one? If you could relate the photos then okay. If not…, I will try to relate the recent poll results in India to the some months’ old result of Nepalese Elections and its new trembling equations. 

कुरा ०४७ साल तिरको हो, म शंकरनगर मा.वि.मा कक्षा आठमा पढ्ने गर्थें। एक जना शिक्षकले परिक्षा अघि भने – परिक्षा तिमीहरुको क्षमताको परिक्षणको निम्ति हो, अर्काको चोरेर पाएको सफलता भनेको अर्काको बुई चढेर आफ्नो अक्षमतामा विश्वस्त हुनु हो। खोई के भयो के, परिक्षामा घरी घरी दाहिने-देब्रे गर्ने म परिवर्तन भएँ। आफ्ना असक्षमताका कारणले अनुत्तिर्ण हुनु, अर्काको बुई चढी सफल हुनु भन्दा बेस लाग्यो।

वर्षौं पछि त्यही पुरानो प्रसँग ताजा भयो। भारतमा लालकृष्ण आडवाणीलाई जस्तै नेपालमा Prime Minister-In-Waiting भनी चिनिएका नेकपा एमालेका नेता माधव कुमार नेपालले समय-समयमा आफ्नो प्रधानमंत्री पदको निम्ती देखाईरहने अपहत्ते, ठोस निर्णय लिनु पर्ने बखतमा दिशाहीन भैरहनु, आफ्ना पूर्ववर्ती नेताहरुले कमाएको नाम रसातलमा पुर्‍याई थालीमा राखिएको बैगन(भाण्टा) झैं सधैंभरि ढुलमुल गरीरहने लगायतका यी अनेक कथा-कुथँग्रासजिलो नभए पनि, लौ त नि भनी मनमा दबाई राखिएको थियो। तर सधैं झैं उहाँको निर्लज्जा यस पटक पचाउन अलि गाह्रो पर्‍यो, किन? किनकी सधैंजसो नेपाली जनताको कुरा गर्ने माधव नेपाल दुई स्थानबाट चुनाव उठेर दुवै स्थानबाट हारेर प्रधानमंत्री वा अरु कुनै पनि मंत्रीका निम्ती दावेदारी राख्ने अधिकार गुमाई सकेका छन्।

यहाँ, फेरी माधव कुमारको प्रधानमंत्री हुने कुराको अनौपचारिक जानकारी प्राप्त भयो। हाम्रो यो कस्तो प्रजातान्त्र हो जसमा दुई-दुई स्थानबाट हारेका नेतालाई देशको प्रधानमंत्री पदको सही उम्मेदवार ठानिन्छ।

 म तपाईंहरुलाई यो संपूर्ण प्रकरणका बारेमा मेरो बुझाई बताउँछु –

माधव कुमार चुनावमा हार्नु भनेको के हो?
जनताले आफ्नो देशलाई शासन गर्नकालागि आफ्नो प्रतिनिधीका निम्ति अनुपयुक्त ठानेर आफ्नो अदालतमा अनुत्तिर्ण गरिदिएको हो।

चुनावमा हार्दा हार्दै पनि साँसद चुनिन मान्नु र अझै प्रधानमंत्री हुन उद्यत हुनु भनेको के अर्थ छ?
माधव कुमार लोभले चूर भई, नैतिकता-अनैतिकताको फरक छुट्टाउन नसक्ने सिंड्रोमले ग्रसित हुनु; “लोकतंत्र” भनिने भेंडचालतन्त्रको गजमजे गणितका कारण संसद हुँदै प्रधानमंत्री कुर्सी नजिक पुगेका हुन् न कि जनताको भोटरुपी जनादेश पाएर।

व्यक्तिगत जीवनमा जे जस्तो भए पनि आफ्नो राजनीतिक व्यक्तित्व नै नभएका र त्यो के हो भनेर पनि नबुझेका माधवबाट देश र देशवासीले खोई के आशा राख्ने हो र?

 दोस्रो तस्वीरमा देब्रे पट्टि देखिने लालकृष्ण आडवाणीको राजनीतिक स्वाद र परिणति माधव कुमार जस्तै छ। प्रधानमंत्री बन्ने आशा ८२ वर्षमा पनि नछाडेका, मनमोहन सिंहले कब सीट खाली गर्लान् र म बसुँला भनी ढुकेर बसेका छन्। तर विकासको राजनीति गरीरहेका सिंह त्यस्तो चान्स छिट्टै दिने मूडमा देखिंदैनन्।

अन्तिम तस्वीर आफै बोल्छ, अर्थपूर्ण राजनीति नगरी धर्म, जात जस्ता पक्षपातपूर्ण र ढुलमुल राजनीति गर्नेहरुको पतन वा अस्त।

बाकी मैले नभनेका कुरा आफैं बुझ्नुहोला।

Advertisements

~ by wienmandu on May 18, 2009.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: