Introduction to Diabetes Mellitus – मधुमेह


मधुमेह, असर र सावधानी
शरीरमा आंशिक वा पूर्णरूपमा इन्सुलिनको कमी भई वा यसले गर्ने काममा अवरोध आई खानामा पाइने कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकेर रगतमा ग्लुकोज (चिनी) को मात्रा बढ्ने अवस्था नै मधुमेह हो।

शरीरमा इन्सुलिनको काम
इन्सुलिनले खानामा भएको कार्बोहाइड्रेट (ग्लुकोज) को खपतलाई बढाउने गर्छ।
इन्सुलिनले प्रोटिन निर्माणको कार्य बढाउने गर्छ।
इन्सुलिनले शरीरमा बोसोको भण्डारणलाई बढाउने गर्छ।
शरीरमा जम्मा भएको अतिरिक्त बोसोको मात्रा एक व्यक्ति र अर्को व्यक्तिमा फरक-फरक हुने गर्छ। जुन अनेक अवस्था जस्तै- लिङ्ग, उमेर, वंशाणुगत, खानपान, रहनसहन, व्यायाम आदिमा भर पर्छ। बढी मात्रामा शरीरमा बोसो जम्मा हुनुको अर्थ खानपानबाट उत्पादित अत्यधिक शक्तिलाई सञ्चय गरेर थोरै शक्ति खर्च गर्नु हो।

प्रकोप
मधुमेहले संसारभरि नै महामारीको रूप लिएको छ। विश्व स्वास्थ्य संगठनअनुसार विश्वभरी अहिले १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ। सन् २०३० सम्म यो संख्या दोब्बर भई ३५ करोड पुग्ने अनुमान गरिएको छ। एक आँकडा अनुसार नेपालमा मधुमेहका बिरामीको संख्या ४ लाख ३५ हजार भएको र सन् २०३० सम्म १६ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ।

मधुमेह हुनसक्ने अवस्था
आमा-बुबालाई मधुमेह भएका छोराछोरीलाई वंशाणुगत रूपमा।
मोटो वा बढी तौल भएका व्यक्तिलाई। एक अध्ययनअनुसार बढी तौल भएको मानिसमा सामान्य तौल भएका मानिसको तुलनामा मधुमेह हुने सम्भावना तीन गुणा बढेर जान्छ।
चालीस वर्षउमेर पूरा भएकामा।
चार किलोग्रामभन्दा बढी तौल भएको शिशु जन्माउने आमालाई।
पटक-पटक गर्भपतन गराउने महिलालाई।
शारीरिक आघात वा धेरै चिन्ता गर्ने व्यक्तिलाई।
उच्च रक्तचाप विरुद्धको औषधि, पिसाब बढाउने औषधि, इस्टेरोइड सेवन गरिरहने व्यक्तिलाई।

मधुमेहको वर्गीकरण
टाइप १ : इन्सुलिनमा निर्भर हुने

सामान्यतया शरीरमा भएको प्याङक्रियाज ग्रन्थिले निकाल्ने इन्सुलिन नबनी देखिने मधुमेहलाई टाइप १ मधुमेह भनिन्छ, जसको उपचार इन्सुलिन र्सर्ुइले गरिन्छ ।

लगभग पाँच प्रतिशत मधुमेही यस टाइपमा पर्छन् । यो प्रायः ३० वर्षन्दा कम उमेरको मानिसलाई लाग्ने गर्छ । यस्ता बिरामी इन्सुलिनको इन्जेक्सनविना बेहोशी (कोमा) मा जान सक्छन् ।

टाइप २ : इन्सुलिन निर्भर नहुने

यो सबैभन्दा बढी मानिस (९०-९५ प्रतिशत) मा हुने मधुमेह हो । जुन ३० वर्षन्दा बढी उमेरमा देखिने गर्छ । धेरै बिरामीलाई आफूलाई रोग लागेको थाहा नहुन सक्छ । यसलाई शारीरिक व्यायाम र खानपानमा सुधार गरी नियन्त्रण गर्न सकिन्छ । यसबाट बच्न नियमित व्यायाम, स्वस्थ खाना, धूमपानरहित जीवन र स्वास्थ्य अनुकूलताका आचरण गरेमा टाइप २ मधुमेहमा बच्न सकिन्छ । टाइप २ मधुमेहीमध्ये एक तिहाइलाई मात्र इन्सुलिन सुईको आवश्यकता पर्छ । अन्यले डाक्टरको सल्लाहअनुसार मुखबाट खाने औषधी प्रयोग गर्छन्, जुन औषधीले शरीरमा इन्सुलिनको मात्रा बढाउने गर्छ वा शरीरको कोषिकाले ग्लुकोज शोषण गर्ने मात्रा बढाउँछ ।

टाइप ३ : जेस्टेस्नल

यो २ देखि ५ प्रतिशत महिलालाई गर्भावस्थामा देखिन्छ, जुन बच्चा जन्मेपछि ६ हप्ताभित्रमा आफैं हराएर जान्छ । तर कतिपय महिला (आधाभन्दा बढी) मा पछि गएर टाइप २ मधुमेह हुने सम्भावना बढेर जान्छ ।

लक्षणहरू
छिन-छिनमा पिसाब लाग्नु वा पिसाब गरेको स्थानमा कमिला वा कीरा देखिनु र राति पटक-पटक पिसाब लाग्नु।
धेरै भोक र प्यास लाग्नु।
धेरै थकाइ लाग्नु।
धमिलो देख्नु।
पटक-पटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु।
हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जीउ चिलाउनु ।

असर
दीर्घकालीन रूपमा मृगौला, आँखा, स्नायु, मुटु, रक्तनलीमा असर गर्छ । सोही अनुसार थप लक्षण र जटिलता थपिंदै जान्छ । अन्य जटिलताको रूपमा मुख (पेरियोडन्सियम) को स्वास्थ्य थपिएको छ, जसले गर्दा मुख र दा“तमा देखिएको लक्षणहरूबाट कहिलेकाहीं मधुमेह लागेको शंका गर्न सकिन्छ र सोही अनुसारले रगत र अन्य परीक्षण गराउन सकिन्छ।

मधुमेहीमा मुख स्वास्थ्य
अनियन्त्रित मधुमेहीमा दाँत समाउने हड्डी छिटो खिइने, मुखको कुना-कुनामा सुन्निने, ओंठ चर्किने र फुट्ने आदि हुनसक्छ। त्यस्तै मुखमा घाउ-खटिराको संक्रमण हुने, केन्डिडियसिस, मुखमा भएको सूक्ष्म जीवमा परिवर्तन हुने, दाँत फुकालेको ठाउँमा हड्डी दुख्ने, घाउ हुने (ड्राइसकेट) इत्यादि देखिन सक्छ । यस अतिरिक्त मधुमेहीमा उच्च रक्तचाप, ‘लाइकेन प्लानस’ भनिने चर्मरोगसमेत सँगै देखिएको अवस्थालाई ‘ग्रिनस्पान सिन्ड्रोम’ भनिन्छ । दन्त र मुखको उपचार गर्दा रगतमा चिनीको मात्रा हेरेर आवश्यकताअनुसार एन्टिबायोटिकको छातामा राखेर उपचार गर्नुपर्छ ।

रोकथाम र उपचार
मधुमेह एकपटक भइसकेपछि निको हुँदैन। बरु, यसलाई सन्तुलित खानपान, रहनसहन, व्यायाम, उमेरअनुसार तौल नियन्त्रण, योग, औषधी र इन्सुलिन सुईको मद्दतले नियन्त्रणमा राख्न सकिन्छ र मधुमेहको जटीलताबाट बच्न सकिन्छ । सामान्यतया, भोजनमा ४० देखि ५० प्रतिशत कार्बोहाइड्रेट, १५ देखि २० प्रतिशत प्रोटिन, ३५ देखि ४० प्रतिशत बोसो भएमा उचित हुन्छ। भात, आलुजस्ता खाद्यपदार्थहरू प्रयोग गर्न नहुने भए पनि डायबेटिज रोगको अवस्था हेरी ठीक-ठीक मात्रमा प्रयोग गर्न सकिन्छ। एक अध्ययनअनुसार वयस्कमा हुने टाइप २ मधुमेहलाई नियमित व्यायामबाट मात्रै ९० प्रतिशत कम गर्न सकिन्छ। त्यस्तै धूमपान, मद्यपान, कार्बोहाड्रेट बढी हुने चिनी, ग्लुकोज, मिठाइ, मह, जाम, चकलेट, आइसक्रिम जस्ता पदार्थहरूको सेवनमा नियन्त्रण गर्नुपर्छ। त्यस्तै तारेको खानेकुरा, खसीको मासु, दूधका परिकार, आलु, सखरखण्डको सेवनमा विचार पुर्‍याउनुपर्छ। खानामा रेशायुक्त खाना, हरियो सागपात समावेश गर्नुपर्छ । खानाको किसिमभन्दा पनि खानेकुराबाट प्राप्त हुने शक्ति (क्यालोरी) मा ज्यादा ध्यान दिनु आवश्यक छ।

स्वस्थ पुरुष र महिलाको शारीरिक बनोट (उमेर २० देखि २४ वर्ष)
     
       पुरुष महिला
     
मांसपेशी 45% 36%
हाडजोर्नी 15% 12%
नन इसेन्सियल फ्याट 12% 15%
(अतिरिक्त जम्मा भएको)    
इसेन्सियल फ्याट 3% 12%
(आवश्यक)    
अन्य 25% 25%

(स्रोत : कान्तिपुरमा प्रकाशित मूल आलेख :  डा. नृपेन्द्र तिवारी, मनमोहन मेमोरियल अस्पताल)

Advertisements

~ by wienmandu on November 14, 2008.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: