The corrupt Face of Nepali Ex-Prince Paras


भूतपूर्व राजकुमार पारसले सिंगापुरमा गरी राखेको वितण्डा माईसंसार.कममा पढेर केही पुरानै घटना भए पनि लेखुँ-लेखुँ लाग्यो।

पारसले अस्ट्रियाको एउटा चिडियाखानालाई उपहारस्वरूप दिन ल्याइ दिए पछि यहाँका पत्र पत्रिकाहरुले केही दिन थुप्रै लेखे। यहाँ बस्ने नेपालीहरुले थुप्रै नेपालीहरुले प्रतिगमन गरेको, जनतालाई दमन गरेको, सबै संचारमा अंकुश लगाएको, मोबाइल बन्द गरी त्राही मच्चाएको र सरकारी साख जोगाउन गैंडा उपहार लिई आएको आरोप लगाएका थिए। काला झण्डा सहितका जुलुसहरु निकालिए। नभन्दै, यहाँको सरकारले पारसको राजकीय स्वागत गरेन, बरु एउटा अनौपचारिक स्वागत कार्यक्रम राखेको थियो। पारस फिर्ता गएपछि, समाचारको डिटेल कहिले-काँही छापिन्थ्यो। मैले पनि केही समाचारहरु कटिङ्ग गरी राखेको थिएँ। एउटा दैनिक “होइते”मा छापिएको लेखलाई आज मैले जर्मन भाषाबाट  नेपालीमा भाषान्तर गरी राख्ने प्रयास गर्दैछु। त्रुटिहरु हुनसक्छन्, सल्लाह दिनुभयो भने मैले प्रशंसा गर्ने छु।

[तस्वीर ठूलो पारेर हेर्नलाई तस्वीरमा क्लिक गर्नुहोला]

(तस्वीर २३को भाषान्तरण, मार्च ३१, २००८) 

श्योन्ब्रुन चिडियाखानामा ल्याईएका जनावरहरु संबन्धी काण्ड

*नेपालबाट ल्याईएका दुर्लभ दुई वटा एक-सिंगे गैंडाहरुको बारेमा भएको संझौताको झीनो खुलासा

*भियना स्थित श्योनब्रुन चिडियाखानाले सहयोगस्वरुप दिएको रकम नेपाली राजपरिवारले फिजूलखर्चीमा खर्च गर्‍यो (संपूर्ण विवरण पृष्ठ १०,११) 

(तस्वीर २४को भाषान्तरण, मार्च ३१, २००८)

अनुदानमा हिनामिनाको काण्ड

हाम्रा उच्च पाहुना, नेपालका युवराज पारस जसले सन् २००६ मा हाम्रो चिडियाखानालाई दुई वटा एक-सिङ्गे दुर्लभ गैंडा उपहार दिएका थिए, त्यस सम्बन्धमा विवाद। अहिले मात्र भित्री कुरा खुलेर बाहिर आउँदैछ। श्योन्ब्रुन चिडियाखानाले गैंडाको बदलामा दिएको झन्डै १,३४,००० युरो (एक लाख चौंतिस हजार युरो) नेपाली राजपरिवारले उद्देश्यहीन पार्टीहरुमा उडाएको हुनसक्ने मानिएको छ।

लगाईएका आरोपहरु सत्य हुन् : जाँच अधिकारीहरुका अनुसार नेपाली राजपरिवार मध्ये राजा ज्ञानेन्द्र र युवराज पारसका निम्ति वर्षौंसम्म (महेन्द्र) प्रकृति संरक्षण कोषबाट दसौं लाख युरो झिकिएको छ। “लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षण र हेरचाहमा खर्च गर्नुको साटो बिभिन्न देशहरुबाट अनुदत्त कोष भव्य भोज-भतेर, पार्टी, देश-विदेश भ्रमण तथा महँगा सौन्दर्य-शल्यक्रिया (Beauty Operation) इत्यादिमा उडाईयो”, एक जना जाँचकर्ता भन्छन्।

सबैभन्दा नकारात्मक कुरा : जाँचकर्ताहरुका अनुसार पारस र उनको समुहले ती दुई अत्यन्तै दुर्लभ एक सिंगे गैंडाहरु, जसको नाम क्रमश: जङ्गे र  सुन्दरी हो र तिनीहरुको व्यवस्थापन खर्च पनि तुलनात्मक रुपले असाध्यै धेरै छ, एक आपातकालीन बिक्री अन्तर्गत यहाँ भियनामा ल्याई पुर्‍याएका थिए अनि यसको बदलामा श्योनब्रुन चिडियाखानाबाट १,२२,००० युरो भन्दा बढी रकम सहयोगस्वरूप र अतिरिक्त १२,००० युरो Friends and Visiters of Zoo बाट कुम्ल्याएका थिए।

दाताहरुको कृपाले : नेपाली युवराज आफ्ना ३० जना चम्चाहरुलाई पछि लगाएर भियना आईपुगे अनि ७,३५,००० युरो (झण्डै ने.रु. ८ करोड) ऐश गरी उडाएर गए, जुन नेपाली परिवेशमा मध्य स्तरको आर्थिक गड्बडी सुधार गर्न पर्याप्त रकम हो। 

(तस्वीर २५को भाषान्तरण, अप्रिल १, २००८)

अनुदान : भियनाको चिडियाखानाले काण्ड जाँच्ने

दुईवटा दुर्लभ एक सिंगे गैंडाहरुको बदलामा श्योनब्रुन चिडियाखानाद्वारा दिईएको अनुदान रकम बारेको विवाद। दुईवटा दुर्लभ एक सिंगे गैंडाहरुको बदलामा श्योनब्रुन चिडियाखानाद्वारा दिईएको अनुदान रकम बारेको विवाद (“होईते”मा पूर्व-प्रकाशित)। चिडियाखानाका अनुसार, एउटा खराब र दुखलाग्दो खबरका विस्तृत जानकारीहरु एक पछि अर्को गर्दै प्रकाशमा आउँदैछन्। जाँचकर्ताहरुको गोप्य रिपोर्ट अनुसार पारस र उनका पारिवारिक सदस्यहरुले २५,००० युरो विभिन्न किसिमका रक्सी र १,५५,००० युरो नयाँ कम्प्युटर खरीद गर्नमा खर्च गरे। यसका निम्ति उनले महेन्द्र प्रकृति संरक्षण कोषबाट रकम झिके! “राजपरिवारले सारा संसारबाट आएको अनुदानलाई आफ्नो व्यक्तिगत संपत्ति सरह हेरे र त्यसै अनुरुप व्यक्तिगत मोज-मस्तीमा खर्च गरे।” एक जना जाँचकर्ता भन्छन्।

अब चिडियाखाना नेपाललाई दिन लागिएको रकम फ्रीज गर्न चहान्छ किनकी राम्रो ठानिएको National Trust for Nature Conservation (NTNC)संगको सहकार्य वर्षौंसम्म लम्बित रहनेछ।

हाल यो झड्काको असर गहिरो देखा परेको छ। “यो केस हाम्रो चिडियाखानाको निम्ति ठूलो विपदा हो।” हरित पार्टीकी नेतृ मारी रिंग्लेयर भन्छिन्।

चिडियाखाना : दर्शकहरुले झूठको बारेमा स्पष्टीकरण मागेका छन्

(तस्वीर २६को भाषान्तरण, अप्रिल २, २००८)

श्योन्ब्रुन चिडियाखानाको अनुदान काण्डमा (“होइते”द्वारा पूर्व-प्रकाशित)फेरी ठूला-ठूला तरंगहरु उठ्न थालेका छन्। नेपालको राजपरिवार दिन-प्रतिदिन अफ्ठ्यारा समस्याहरु माझ घेरिंदा, भियना स्थित श्योनब्रुन चिडियाखानाका दर्शकवृन्द र वन्यजन्तु संरक्षणवादीहरुले कुनै बेला अनुदान प्रकरणमा जनतालाई ढाँटिएको बारेमा स्पष्टिकरणको जोडदार माग गरेका छन्।

“म जान्न चहान्छु कि मेरो पैसाले बनेको कोष कहाँ गयो? चिडियाखानाले अविलम्ब कार्यवाही गर्नु पर्ने खाँचो छ”, “होइते”का एक जना पाठकले झर्को मान्दै टेलिफोनमा भने। बढी भन्दा बढी भियनावासी चहान्छन् कि यी दुई एक सिङ्गे सुन्दरी र जङ्गे नामका गैंडाहरु संबन्धी विवाद त्रुटिरहित तरिकाले जनता माझ प्रष्ट गरियोस्। यो कुनै अचम्म मानु पर्ने तथ्य होईन कि चिडियाखानाका दर्शकहरुले बर्षदिन दुर्लभ जनावरको राम्रो रख-रखावको निम्ति चन्दा दिएका थिए। अहिले आरोप छ : “पर्यावरण, जनावरहरुका लोपोन्मुख प्रजातिहरुको संरक्षणको निम्ति दिईएको दशौं लाख युरो मोटर, पार्टी, मोजमस्ती, यात्रा इत्यादिमा उडाईएको” जाँच आयोगका कृष्ण बहादुर महरा ठोकुवा गर्छन्।
श्योनब्रुनमा कसैले यो खलबली बुझ्दैन : “उसो त हालसम्म नेपालमा सहयोगको एक हिस्सा मात्र पठाईएको छ। भियनादेखि खोलासरी बगाएको कोष कहाँ गयो भनी नेपालमा अनुसंधान गर्नु अब त निरर्थक भैसक्यो।” “होइते” दैनिकको प्रश्नको जवाफ दिंदै चिडियाखानाका उप-निर्देशक कासबाउएरले भने। चिडियाखानाले अझै पनि आफ्नो इन्टरनेट-साईटमा दर्शकहरुलाई ती जानावरहरुको कल्याणकारी कोषका निम्ति चन्दा दिन आव्हान गरेको छ।

Advertisements

~ by wienmandu on July 31, 2008.

One Response to “The corrupt Face of Nepali Ex-Prince Paras”

  1. Dont know u may b right. But what we r doing to preseve the rhinos. Please see the no. in the past and present.
    What r we doing for pochers. we all nepali r pochers like paras but the difeerent is we dont see our face in the mirror. we are more dangerous than Paras

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: