Fatteman : Marna Baru Gahro Hunna

Lyrics

मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२

बसन्त को हरियाली फूल संगै ओइली जान्छ-२
निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२

धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२
टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं
तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन
तिम्रो माया मार्नै सकिंन -२
मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२

~ by wienmandu on October 12, 2009.

Leave a Reply