Narayan Gopal : Pokhiera Ghamko Jhulka

पोखिएर घामको झुल्का

स्वर – नारायण गोपाल
शब्द – हरिभक्त कटुवाल
संगीत – अम्बर गुरुङ
एल्बम – प्रेयसीका यादहरु

पोखिएर घामको झुल्का, भरि संघारमा,
तिम्रो जिन्दगीको ढोका (खोलूँ खोलूँ लाग्छ है)2
सयपत्री फूलसितै फक्री आँगनमा,
बतासको भाखा टिपी (बोलूँ बोलूँ लाग्छ है)2

(कति कति आँखाहरु बाटो छेक्न आँउछन्)2
परेलीमा बास माग्न कति आँखा धाँउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा (रोजूँ रोजूँ लाग्छ है)2

(उडुँ-उडुँ लाग्छ किन, प्वाँख कहिले पलायो)2
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
त्यसैले त तिमीसित (सोधूँ सोधूँ लाग्छ है)2

पोखिएर घामको झुल्का, भरि संघारमा,
तिम्रो जिन्दगीको ढोका (खोलूँ खोलूँ लाग्छ है)2

audio

Related
Narayan Gopal : Timile bhaneka sara
Narayan Gopal : Timilai ma ke bhanu

~ by wienmandu on December 31, 2008.

One Response to “Narayan Gopal : Pokhiera Ghamko Jhulka”

  1. [...] Narayan Gopal : Pokhiera Ghamko Jhulka Narayan Gopal : Timile bhaneka sara Narayan Gopal : Timilai ma ke [...]

Leave a Reply