हामी पनि गर्न सक्छौं गर्व

 कुरा उही कान्तिपुर प्रकाशनको सह-प्रकाशन नेपाल कै। पाना पल्टाउदै जाँदा, एउटा अर्को रमाइलो र गौरवमय कुरा भेटियो, जसका निम्ती नेपाली माओवादीहरुलाई धन्यवाद दिनै पर्छ।

कुरा हो, सार्कका आठ वटा देशहरुमा नीति निर्माण तहका पुगेका महिलाहरु बीच तुलनात्मक रुपमा नेपाल सर्वोच्च स्थानमा हुनु। शिक्षा, स्वास्थ्य, गरीबी निवारण, प्रतिव्यक्ति आय, रोजगारी, खाद्य सुलभता इत्यादि महत्वपूर्ण कुरामा दक्षिण एसियाली क्षेत्रमा पनि सधैं पछौटे हुँदै आएको नेपाल कम्तिमा एउटा कुरामा सबैभन्दा बलियो स्थितीमा देखिन आएकोछ।यो बेग्लै कुरा हो कि, प्रतिशत बढि भए पनि वास्तवमा त्यो नीति निर्माण तहमा पुगे पनि, पद पाए पनि, निर्णय प्रक्रियामा भाग लिए पनि व्यवहारिक गुणवत्ताको मानदण्डमा खरो उत्रिने निर्णय लिन कत्ति प्रतिशत महिलाको सफल हुन सक्नेछन, यो हेर्न बाकी नै छ। प्रतिशतको हिसाबले बढि हुनाको कारण महिलाहरुको शिक्षाको स्तर, खानपान, समाजले महिलाहरुलाई अधिकार सम्पन्न गराएर भएको होइन, बरु नितान्त राजनीतिक कारणले क्रान्ति मार्फत महिलाहरुको ठुलो जमातलाई यस ठाउँमा ल्याईपुर्‍याईएको हो। आजको अवस्थामा यो अप्राकृतिक अस्वभाविक वृद्धि जस्तो देखिए पनि भोलि भविष्यमा यो स्वभाविक र प्राकृत हुँदै जानेछ भन्ने आशा गर्छु म।

Related
धन्यवाद लक्ष्मण गाम्नागे जी

~ by wienmandu on July 14, 2008.

Leave a Reply